• २०८१ बैशाख १३ बिहीबार

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

kharibot

मस्को । रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । 

गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो । 

एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ गरिएको छ । रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूर पूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ ।

पक्राउ परेका माझीहरुबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ । गत साता, एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो । 

जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ । जुलाईमा उत्तर कोरियाले १५ जना रुसी सहित एक माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै