बंगलादेश यू-१८ साफ च्याम्पियनसिपको फाइनलमा

खरीबोट

काठमाडौँ । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा  बङ्गलादेश पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् । त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३–० को अग्रता दिलाएका थिए । 

भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४–० को सहज जित हात पार्यो । 

भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।
 

सम्बन्धित समाचार

यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारत जित्यो

काठमाडौं । यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । नेपाल भने साफ

बंगलादेश यू-१८ साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा  बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा

यू-१८ साफ च्याम्पियनसिपमा नेपाल समुह चरणबाटै बाहिर

काठमाडौं । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि

साफ यू-१८ फुटबल च्यापियनसिप : बंगलादेश सेमिफाइनलमा

काठमाडौँ । बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आज भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश


z