• २०८१ बैशाख १२ बुधबार

सेलिब्रेटीको दोहोरो जिन्दगी

kharibot

काठमाडौँ । एउटा किम्वदन्ती छ, सलिम अनारकलीको बारेमा । जहाँ उनीहरुको प्रेमसम्बन्धलाई स्विकार गर्न नसकेर सलिमका पिता अर्थात राजा अकवरले दासी अनारकलीलाई एक नर्तक बनाइदिन्छन् र भन्छन्, आजदेखि तिमी एककी मात्रै रहेनौ, सबैकी भयौ । सबैकी हुनुको मतलब चर्चित हुनु हो । अहिलेको भाषामा भन्दा यस्ता चर्चित भएका अनुहारलाई सेलिब्रेटी भन्छन् । उक्त किम्वदन्तीमा राजा अकवरले अनारकलीलाई ठुलो सजाय दिएका थिए, सेलिब्रेटी बनाइदिएर । हातमा घुङ्गरु थामाइदिँदा अनारकलीले बरु मारिदिएको भए कम सजाय हुन्थ्योसमेत भनेकी थिईन् ।

पहिले मृत्युभन्दा ठुलो दण्डका रुपमा लिईएको यो सजाय अहिले विश्वका हरकोही मानिस भोग्न चाहन्छन् ।

सेलिब्रेटी पहिले कला र खेलकुद क्षेत्रका चर्चित ब्यक्ती मात्रै मानिन्थ्यो । अहिले जमाना निकै फरक भईसकेको छ । अचेत त कुनै एक गीत भाइरल हुने बित्तिकै उनीहरु आफूलाई सेलिब्रेटी सम्झन्छन् । जसका कारण उनीहरुको देखाउने दाँत र चपाउने दाँत फरक-फरक हुने गरेको छ ।

कतिपय मानिस त सामाजिक सञ्जालका कारण पनि सेलिब्रेटी बनेका छन् । युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्वीटर र टिकटकले धेरैलाई सेलिब्रेटी बनाईदिएको छ । जसको कन्टेन्टले धेरै लाइक पायो उही सबैभन्दा ठुलो सेलिब्रेटी । अझ हाम्रो जस्तो बेरोजगार धेरै भएको देशमा सामाजिक संजालका कारण सबैले काम पाएका छन् । 

हामीले सोचेजस्तो सेलिब्रेटी बन्न सजिलो भने छैन । त्यसैले त उनीहरुले देखाउने र चपाउने दाँत फरक-फरक गर्नुपरेको हो । फ्यानको नजरमा आफूलाई सेलिब्रेटी देखाउनका लागि मात्रै भएपनि उनीहरु आफू जस्तो छ त्यो भन्दा फरक देखाउँछन् । अझ भन्दा उनीहरु एक शरीरमा दुइ जीवन बिताएरहेका हुन्छन् ।

घरमा खानका लागि केहि नभएपनि उनीहरु पाँचतारे होटलमा खाना खान्छन्, महंगा सपिङ सेन्टरमा गएर किनमेल गर्छन् र महंगा सामानमा सजिन्छन् । यो उनीहरुको रहर र बाध्यता दुवै हो ।

आफ्नो पब्लिक छबि राम्रो देखाउनको निम्ति मात्रै पनि धेरै मिहिनेत गर्नुपर्ने थुप्रै कलाकार तथा सेलिब्रेटिको भनाइ छ । हिड्दा, बोल्दा, लुगा लगाउदा र पोस्टहरु सेयर गर्दा विषेश साबधानी अपनाउनु पर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । 

लेखक : सोनी थापा

चीनको एक सामाजिक संजालले सेलिब्रेटीको बारेमा उसको घरबेटीले गरेको खुलाशा सार्बजनिक गरेको थियो । जसमा ति सेलिब्रेटीको दोहोरो जिन्दगीको बारेमा कुरा गरिएको थियो । उक्त खुलाशा पछि उनले धेरै आलोचनाको सामना गर्नु परेको छ । लिसा ली नाम गरेकी उक्त सेलिब्रेटीलाई अनलाइन सेलिब्रेटीको उपमा समेत दिइएको थियो । 

तर हालै भएको एउटा भाईरल भिडयोमा उनको बास्तबिक जिन्दगी बाहिर आएको छ । उनको सामाजिक संजालमा देखिएको हाइफाई लाइफ र भिडियोमा देखिएको रियालिटी फरक भएपछि उनको चर्चा सर्बोपरी चलेको हो । उनको घरबेटीले उठेको बिल नतिरेपछि प्रहरी कहाँ जाने सोचेकी थिइन् तर लिसा सम्पर्कबिहीन भएकोले सामाजिक संजालमार्फत फोहोर अपार्टमेन्ट, शौचालय र कुहिएको खानेकुराको भिडियो खिचेर अपलोड गरेकी हुन् । 

त्यो भिडियोमा लाखौ प्रसंसक भएकी राम्री महिला तर घिनलाग्दो अपार्टमेन्ट भनेर बयान गरिएको छ । त्यसपछि लिसाको ६० हजार फलोअर्सले उनलाई अनफलो गर्ने तथा धेरैले फेक भनेर कमेन्ट गरेका छन् । उनले आफू हतारमा भएको र शहर बाहिर गएको भनेर माफीसमेत मागेकी छिन् । 

यस्तो घटना पहिलो भने होइन, पहिले पनि एक चाइनिज अनलाइनले सेलिब्रेटीको लाइभ स्ट्रिम भिडियोको क्रममा ग्लीच भएपछि उनको उमेर फिल्टरले कम देखिएको विषयमा व्यापक उपहास गरेको थियो । सेलिब्रेटीले फ्यानको फलोअर्स बढाउनका लागि झुटो र भड्किलो जीवन शैली देखाउने अनि आफ्नो प्रसंशकलाई भ्रममा राख्ने ट्रेन्ड बढिरहेको देखिन्छ ।

बलिवूडमा अझ यो ट्रेन्ड व्यापक रुपमा प्रचलनमा छ । ठुलो पर्दामा  रहेका चर्चित नायक नायीकाहरु पनि यस्तो देखावटीपनमा अग्रसर रहेका छन् । भारतमा इन्टरनेटको प्रवाह र  यसबाट राता रात भाइरल हिट भएका इन्टरनेट सेलिब्रेटीहरु बढि यस्तो झुटो जीवनशैली देखाउने र आफ्नो फलोअर्सहरुलाई गलत प्रेरित गर्नेमा पर्छन् ।

पब्लिकले आइडल भनेर चिनिने स्टार पनि दोहोरो चरित्रमा बाचिरेहेका हुन्छन् ।  प्राय  सेलिब्रेटीहरु आफ्नो वास्तविक प्रोफाइललाई लुकाउन बाध्य छन् । अक्क्ष बाघला, २३ वर्षको प्रशिद्ध गायक हुन्, उनि हिमान्चल प्रदेश, पालामपुरको सामान्य परिवारबाट चन्दिगढ़मा पढाईको लागी आएका थिए । अफ्नो कला र मिहेनतबाट उनिले भारतको उत्कृष्ट ४० गयकमा पहिचान बनाए । जब उनले आफ्नो सामान्य जीवनशैली र नया अनुभवको बारेमा सामाजिक संजालमा सेयर गरे, धेरैजसो उनका फ्यानले मजाक बनाइदिए र ट्रोलको सिकार पनि हुन पुगे । पछि ति गायकले आफ्नो रहनसहनको बारेमा सामाजिक संजालमा पोस्टहरु बदलिएको र आफ्नो पहिचानमा सुधार आएको बताए । 

नेपाल जस्तो बिकाशोन्मुख देशका त झनै सेलिब्रेटीको अवस्था दयनिय छ । उनीहरुका लागि पत्रकार सम्मेलनमा जाँदा समेत महंगा कपडा, महंगा कार भाडामा लिनुपर्ने हुन्छ । सामान्य मानिसजस्तै भएर त्यस्ता कार्यक्रममा जाँदा पत्रकारको गसिप त बनिन्छ नै, सर्वसाधरणमा पनि नराम्रो सन्देश जाला भन्ने चिन्ता उनीहरुमा हुन्छ । जसका कारण उनीहरु ऋण माग्ने, ठग्ने, पैसाका लागि जे पनि गर्न तयार हुने जस्ता गैरकानुनी कार्यमा हात हाल्छन् । कतिपय नायिकाले त निर्माता-निर्देशकसँग घरजम गरेरसमेत आफ्नो लाइफस्टायल मेन्टेन गर्ने गरेको पाइन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै