• २०८१ बैशाख ८ शनिबार

इलाममा डेंगुबाट एकको मृत्यु

kharibot

फिक्कल । डेङ्गुका कारण  शुक्रबार इलाममा एक जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते नोबेल अस्पतालमा पठाइएको थियो । 

जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ । 

इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ । इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो ।

जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेङ्गु फेला परेको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै