• २०८१ बैशाख १३ बिहीबार

नागढुंगाको जाम खुलाउन नसक्नु लाजमर्दो भयो - प्रकाशमान सिंह

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम पनि खुलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए ।

उनले ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै सरकारले जामसमेत खुलाउन ध्यान नदिनु लाजमर्दो भएको बताए ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’ नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई

राहत दिनुपर्नेमा पर्ने मा चाडपर्वको समयमा चर्को मुल्यबृदिको मार खेप्नु परेकोतर्फ जिम्मेवार बन्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए ।

‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’, ‘हरेक ठाउँमा असफल भएको छ ।’

वर्तमान सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु कामको प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आरोपसमेत लगाए । 
उनले चिनियाँ मोडलको व्यवस्था देशमा भित्र्याउने कार्य गर्न खोजे दुर्भाग्यपूर्ण हुने समेत बताए ।

नेता संघले सरकारलाई नेपालको संविधानको मर्म र भावना विपरित काम नगर्न समेत सुझाव दिएका छन् ।

‘यो सरकारलाई संविधान विपरितका कार्य गर्ने अधिकार छैन’ संविधान बिपरित काम भयो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने समेत बताए । चाडपर्वहरुको अवसरमा सबैको बिचमा तिक्तता पन्छायर एकता र हार्दिकताको शुभारम्भ हुन सजोस भन्दै शुभकामना समेत दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै