• २०८१ बैशाख ८ शनिबार

कृषि विकास बैंक ह्याक प्रकरण : लहान शाखाका कर्जा प्रमुख पक्राउ

kharibot

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन् ।

प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए । 

उनका अनुसार कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको हुनाले उनलाई पक्राउ गरिएको हो । लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए । यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो ।

गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो । उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन् । योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो । कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।

घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै