• २०८१ बैशाख ८ शनिबार

सरकार सर्बसत्ताबाद र तानाशाहि बाटोमा हिड्यो : राप्रपा नेता बर्तौला 

kharibot

नयाँ दिल्ली । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास बिभाग भारत अन्तर्गत आज दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रबासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले हिक्मत चन्दको अध्यक्षतामा समिती बनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक महामन्त्री बर्तौलाले मुलुकले गुमाएको गौरबशाली इतिहासलाई फर्काउने अभियानमा जुट्न प्रबासमा रहेका नेपालीहरुको महत्त्वपूर्ण भुमिका हुने बिचार ब्यक्त गरे । 

नेपालको राजनितिमा स्पष्ट बिचार र अलग पहिचानका साथ कृयाशिल राप्रपालाई स्थापित गर्न उच्च मनोबलका साथ पार्टी अगाडि बढीरहेको चर्चा गर्दै बर्तौलाले मुलुकमा भैइरहेको बेतिथी, बिसंगति, बेरोजगारी र भ्रस्टाचारको बिषयमा सबैको खबरदारी हुनु पर्नेमा जोड दिए ।

गरिबी र अशिक्षाको फाईदा उठाउदै गाउँको गाउँ धर्म परिबर्तन गरिएकोमा तिब्र असन्तुष्टी ब्यक्त गर्दै उनले सरकार धार्मिक द्वन्द गराउने तर्फ उन्मुख भएको र राज्य सर्बसत्ताबादको बाटो तर्फ गएकोमा रोष प्रकट गरे । बर्तौलाले ज्ञानेन्द्र शाही र मिनेन्द्र रिजालको घटना सर्बसत्ताबाद र तानाशाही पथको झल्को  दिएको बताए । 

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य एबं प्रबास बिभाग प्रमुख बिजय खड्काले प्रबासी नेपालीहरुलाई राप्रपाको झन्डा मुनि गोलबद्ध गराउदै संगठनलाई तिब्रता दिने प्रतिबद्धता ब्यक्त गरे । उनले चाडैं  नै भारतका प्रमुख शहरहरुमा समिति गठन गरि सम्मेलन गरिने समेत जानकारी दिए ।

कार्यक्रममा हिन्दु एकता मंच नेपालका संयोजक गणेश रिमाल, हिन्दुबादी नेताहरु महेन्द्र केसि, केबि थापा, राप्रपा बैतडी अध्यक्ष प्रेमबहादुर चन्द ,आचार्य सुजन पराजुली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

भेलाले अध्यक्ष हिक्मत चन्द, उपाध्यक्षद्वय प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिब गोकर्ण ओलि, प्रबक्ता सिबि क्षेत्री , कोषाध्यक्ष शुभ दाहाल रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै