• २०८१ बैशाख १३ बिहीबार

लेस्टर सिटीको फराकिलो जित, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लेस्टर सिटीले न्युक्यासलमाथि ५-० को जित हासिल गरेको हो ।

लेस्टरको जितमा जेमी भार्डीले २ गोल गरेका थिए भने रिकर्दो परेरा र विल्फ्रेड एनडीडीले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल न्युक्यासलका पाउल डममेटले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै खेलको ४३औ मिनेटमा न्युक्यासलका इसाक हेडेनले रातो कार्ड खाएर मैदान छोडेपछि न्युक्यासल १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि लेस्टर सिटी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । ७ खेलमा ४ जित २ बराबरी र एक हार खेलेको लेस्टर १४ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै