• २०८१ बैशाख १३ बिहीबार

तराईका जिल्लामा झिझिया गीतको गुन्जसँगै तराईमा नृत्यको रौनक

kharibot

बारा । तराईका जिल्लामा वडो धुमधामका साथ मनाइँने झिझिया नाँच यति खेर मध्य तराई मधेशको वातावरण नैं उल्लासमय भएको छ । बिभिन्न सांस्कृतिक पर्वले धनी तराईका जिल्लाहरुमा झिझियाको ऐतिहासिक महत्व वडो गज्जवको छ ।

डाईन भतर कटनो , नयाँ गुण सिखेली !
डाईन के दुनो आँख घोपबो हे !!
झिझिया खेले गईलोमें बाबा चहुपरिया !
झिझिया खेले गईले पहर्राईले हो !!

दशैंको उल्लास प्रारम्भ सँगै केहि यस्तै परम्परागत झिझिया गीतले गुंजयमन भएका छन् , अहिले मध्य तराईका जिल्लाहरु ।

अहिले तराईको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, राजबिराज लगायतका बिभिन्न जिल्लाहरुमा झिझिया पर्व हिन्दु धर्म मान्ने किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले हरेक बर्ष धुम–धामका साथ मनाउँने गरेका छन् ।

झिझिया पर्व तराईको मौलिक पर्वको रुपमा लिईन्छ र बिशेष रुपमा यस पर्वमा ग्रामिण भेगका किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले एक समूँह बनाई सामुँहिक रुपमा झिझिया गीत गाउँने तथा नृत्य गर्ने गर्दछन् ।

दशैंमा बोक्सीहरुको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउँने मान्यता रहे अनुसार झिझिया पर्व मनाउँने गरेको पाईएको हो ।

शिरमा रहेको घैलामा हजारौं प्वाल पारेर ढकनीमा गोइंँठा सल्काएर तथा दियो बालेर नाच्ने गदैछन् । गीत संङ्गित तथा तन्त्र मन्त्रको समिश्रण भनिने यो पर्व मध्य तराईको जिल्लाहरुमा धुम–धामका साथ मनाउँने गरिएको छ ।

विजया दशमीको घटस्थापना देखी नैं सुरु हुँने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुँने गर्दछ । झिझिया खेल्दा जम्मा भएको दक्षिणा, अन्नपात आदिले मिठाई तथा फल–फूल खरिद गरी सो समूहँमा भएकाहरुले एक आपसमा बाँडेर खाई रमाईलो गर्ने प्रचलन प्राचिन काल देखि नैं चल्दै आईरहेको छ ।

गत बिक्रम सम्बत् २०५६ सालमा नेपाल सरकारको हुलाक बिभागले झिझिया नृत्यको सांस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको थियो ।

लोपन्मुख अवस्थामा रहेको यस्तो लोक सम्पदा शिक्षाको बिस्तार सँगै बोक्सा–बोक्सीको रुढिबादी भावनामा कमि आएकोले झिझिया खुम्चिँदै गएको महसुस यस क्षेत्रको ग्रामिण भेगका बुढा–पाखाले गरेका छन् । उनीहरुले झिझियाको संरक्षणका लागी युवा–जमातलाई लाग्नु पर्ने बताउछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै