श्रीलंकाविरुद्ध बबर आजमको शतक

खरीबोट

काठमाडौँ । पाकिस्तानी उपकप्तान बबर आजमले श्रीलंकाविरुद्ध शतक प्रहार गरेका छन् । आजमले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन् ।

आजमले ९७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । आजमको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो एघारौ शतक हो । आजमले पाकिस्तानका लागि ७३औ एकदिवसीय खेल खेल्दै ११औ शतक बनाएका हुन ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले यो समाचार तयार गरुन्जेल ४४ ओभरमा ४ विकेट गुमाएर २४२ रन बनाएको छ । आजमले शतकीय पारी खेलेका छन् भने यस अघि फखर जमन ५४ रन, इमाम उल हक ३१ र हरिस शोहेल ४० रन बनाएर आउट भएका थिए ।  

पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाको टिमले पाकिस्तानविरुद्ध तीन एकदिवसीय र तीन टी-२० खेल खेल्ने कार्यक्रम छ । एकदिवसीय सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो ।

अपडेट : पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको छ । श्रीलंकाले ३०६ रनको लक्ष्य पाएको छ ।   

सम्बन्धित समाचार

वेस्टइन्डिजद्वारा सिरिज क्लिन स्विप, अफगानिस्तान लगातार १२ खेलमा हार्यो 

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो एकदिवसीय खेल वेस्टइन्डिजले ५ विकेटले जितेर सिरिज क्लिन स्विप गरेको हो । अफगानिस्तानले दिएको २५० रनको लक्ष्य पछाएको

फेरी हार्यो अफगानिस्तान, सिरिजमाथि वेस्टइन्डिजको कब्जा

काठमाडौँ । जारी एकदिवसीय सिरीजमा वेस्टइन्डिजले अफगानिस्तानलाई पराजित गरेको छ । भारतमा जारी सिरिजमा वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै सिरिज २-० ले जितेको छ । तीन खेलको

अफगानिस्तानविरुद्ध वेस्टइन्डिज विजयी, चेज र होपको उत्कृष्ट ब्याटिंग

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । भारतको लखनउमा शुरु भएको सिरिजको पहिलो खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तानको कब्जा 

काठमाडौँ । पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेल पाकिस्तानले ५ विकेटले जितेको हो । श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट


z