• २०८१ बैशाख ६ बिहीबार

श्रीलंकाविरुद्ध बबर आजमको शतक

kharibot

काठमाडौँ । पाकिस्तानी उपकप्तान बबर आजमले श्रीलंकाविरुद्ध शतक प्रहार गरेका छन् । आजमले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन् ।

आजमले ९७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । आजमको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो एघारौ शतक हो । आजमले पाकिस्तानका लागि ७३औ एकदिवसीय खेल खेल्दै ११औ शतक बनाएका हुन ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले यो समाचार तयार गरुन्जेल ४४ ओभरमा ४ विकेट गुमाएर २४२ रन बनाएको छ । आजमले शतकीय पारी खेलेका छन् भने यस अघि फखर जमन ५४ रन, इमाम उल हक ३१ र हरिस शोहेल ४० रन बनाएर आउट भएका थिए ।  

पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाको टिमले पाकिस्तानविरुद्ध तीन एकदिवसीय र तीन टी-२० खेल खेल्ने कार्यक्रम छ । एकदिवसीय सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो ।

अपडेट : पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको छ । श्रीलंकाले ३०६ रनको लक्ष्य पाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै