• २०८१ बैशाख ७ शुक्रबार

श्रीलंकाविरुद्ध पाकिस्तानको शानदार जित

kharibot

काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल ६७ रनले जितेको छ । 

गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको श्रीलंकाले ४६.५ ओभरमा २३८ रन बनाउदा अलआउट भएपछि पाकिस्तान ६७ रनले विजयी भएको हो ।

श्रीलंकाका लागि शेहन जयसूर्याले ९६ रन बनाएका थिए भने दसुन शंकले ६८ रन बनाए । वानिंद डि सिल्भाले ३० रन बनाए भने दनुस्का गुनाथिलाकाले १४ रन बनाएका थिए ।

शुरुवाती ५ विकेट २८ रनमा गुमाएको श्रीलंकाका जयसूर्या र शंकबीच छैठौ विकेटको लागि १७७ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका बलर उसमान शिनवारीले ५ विकेट लिएका थिए भने षडाब खानले २ विकेट लिएका थिए । त्यस्तै मोहमद आमिर, इमाद वाशिम र वहाव रियाजले एक एक विकेट लिए ।

यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो । पाकिस्तानका लागि बबर आजमले ११५ रन बनाए । आजमले आफ्नो ११औ शतक प्रहार गर्दै पाकिस्तानलाई बलियो अवस्थामा लगेका थिए ।

त्यस्तै फखर जमानले ५४, हरिस सोहेलले ४०, इफ्तिखार अहमदले ३२ र इमाम उल हकले ३१ रन बनाएका थिए ।

५ विकेट लिएका पाकिस्तानका बलर उसमान शिनवारी खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

पहिलो खेल बर्षाले रद्ध भएको यस सिरिजमा पाकिस्तान १-० ले अगाडी भएको छ । अब तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै