नमोबुद्ध र धुलिखेल आफ्नै नगरगान बनाउँदै

खरीबोट

फाइल तस्वीर

काभ्रे । नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन् । पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ ।

हामी पौरखी नगरबासी, हामी बनाउँछौँ हाम्रो नगर

शिक्षा, स्वास्थ्य, सुशासन हाम्रो चाहना हो ।

कला, धर्म र संस्कृति, हाम्रो गहना हो

हामी बोल्छौँ सत्य, हाम्रो मन छ शुद्ध,

हाम्रो नगर नमोबुद्ध, राम्रो नगर नमोबुद्ध ।।

विगत दुई वर्षदेखि नमोबुद्धले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँदै आएको छ । गत वर्षको भदौदेखि नगरगान बजाउन थालिएको हो । छ मिनेट २५ सेकेण्डको नगरगान (भिडियो) मा नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ ।

नगरप्रमुखमा पदबहाली भएपछि नगरगानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताए । “ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौँ”, उनले भने । उनका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रुपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछन् । उक्त नगरगान देशविदेशमा रहेकाले सुन्न र हेर्नका लागि यू–ट्युबका पनि अपलोड गरिएको छ ।

नमोबुद्धको नगरगान नगरवासीले समय–समयमा आफैँ बजाएर सुन्ने पनि गरेका छन् । “हाम्रो नगरगान निकै रमाइलो र प्यारो लाग्छ, त्यसैले बेला–बेलामा सुनिरहन्छु”, भकुण्डेका किशोर तिमल्सिनाले भने । संस्कृतिविद् सत्यमोहन जोशीले विसं २०७४ भदौमा एक कार्यक्रमका बीच उक्त नगरगानको विमोचन गरेका हुन् ।

 यस्तै, धुलिखेलले भने आफ्नो नगरगान बनाएको नौ वर्ष भइसक्यो । चार मिनेटको नगरगानमा धुलिखेलले आफ्नो ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटेको छ ।

स्वागत छ है पाहुनालाई

समृद्ध धुलिखेल घुम्नलाई

शिक्षा, स्वास्थ्य....

“हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करीब नौ वर्षदेखि यो नगरगान बजाउँदै आइएको छ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने । उनले नगरगानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा माग आएको बताए । उनले भने, “प्रस्ताव आउनेक्रम जारी छ, अब सर्टिङ गरी छनोटको प्रक्रियामा जानेछौँ ।”

धुलिखेल आफैँमा पर्यटकीय नगर हो । धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरक दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने नगरप्रमुख श्रेष्ठले बताए ।

पाँचखालले पनि हाल आफ्नै नगरगान बनाउने योजना बनाएको छ । “हामी अहिले आफ्नै नगरगान बनाउने विषयमा छलफलमा जुटेका छौँ”, नगर उपप्रमुख लक्ष्मी दनुवारले भने । उनका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगरगान (अडियो÷भिडियो) निर्माण गरिनेछ ।

सम्बन्धित समाचार

नेपालगन्जमा प्लाष्टिकको प्रयोग निषेध अभियान सञ्चालन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् । अभियान अन्तर्गत

शोकमा राजविराज नगरपालिका बन्द

राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु)को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक

माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग खोल्यो

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको

भरतपुर महानगरपालिका-१६ का वडा अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल


z