• २०८१ बैशाख ७ शुक्रबार

नवलपरासीमा झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

kharibot

फाइल तस्वीर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ (तल्लेबेलहानी) र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिए  ।

सङ्घीय सरकारको करीब रु एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ ।

पुल निर्माणको समय अवधि १८ महीनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करीब छ महीनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिएका हुन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै