आफूखुशी वृद्धि गरेको शुल्क फिर्ता गर्नुहोस् : शिक्षामन्त्री पोखरेल 

खरीबोट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् । 

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’  विषयको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले तोकेको मापदण्डअनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गर्नुभएको हो । उहाँले वृद्धि शुल्क फिर्ता नगरे कडा कदमसमेत चालिने जानकारी दिए । 

मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसंँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिए । उनले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताए । मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले निजी कलेजले तोकिएको मापदण्डमा कलेज सञ्चालन गर्न नसके राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताए । नेपाली काङ्ग्रेसका नेता एनपी साउदले ऐनमा भएका कमजोरीलाई सुधार गरेर जानुपर्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षतामा भएको निजी मेडिकल कलेज एशोसिएसनका महासचिव सुनिल शर्माले ऐन लागू गर्न आफूहरु तयार रहेको जनाउँदै ऐनअनुसार नयाँ शुल्क तोक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको मापदण्डअनुसार निजी कलेजले चिकित्सा शिक्षा सञ्चालन गर्न नसके सरकारीकरण गर्नुपर्ने बताए । 
 

सम्बन्धित समाचार

आफूखुशी वृद्धि गरेको शुल्क फिर्ता गर्नुहोस् : शिक्षामन्त्री पोखरेल 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् ।  अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘चिकित्सा शिक्षाका

शुल्क वृद्धिको विरोधमा शिक्षामन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को

योग शिक्षालाई विद्यालयसम्म पुर्याउछौ : शिक्षामन्त्री

भक्तपुर / शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताएका छन । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले सोमबार आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं

नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गरिन्छ : शिक्षामन्त्री पोखरेल 

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन् । साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त


z