• २०८१ बैशाख ८ शनिबार

इन्टर मिलानविरुद्ध मेसी खेल्दै

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ ।

खेलाडीको इन्जुरीका कारण टिम बाहिर रहेको बार्सिलोना इन्टरमिलानविरुद्ध आफ्ना स्टार खेलाडी लियोनेल मेसी खेल्ने भएको छ ।

बार्सिलोनाले घोषणा गरेको २० खेलाडीको सुचिमा मेसी \लाई समावेश गरेको छ भने अर्का युवा खेलाडी अंसु फाती भने बाहिर नै रहेका छन् ।

गत बुधबार भिल्ला रियलविरुद्धको खेलमा मेसी घाइते भएपछि बार्सिलोना गत शनिबार गेटाफेविरुद्धको खेलमा मेसी बिना नै खेलेको थियो ।

मेसीले यस सिजनमा ला लिगामा केवल २ खेल खेलेका छन् ।

यस सिजनको च्याम्पियन्स लिगमा समुह एफ मा रहेको बार्सिलोना पहिलो खेलमा डोर्टमण्डविरुद्ध बिना गोल बराबरी खेलेको थियो । इन्टर मिलानपनि आफ्नो पहिलो खेलमा स्लाभिया प्राहविरुद्ध १-१ गोलको बराबरी खेलेपछि यस समुहमा रहेका चारै टिमको एक एक अंक रहेको छ । यस सिजनको च्याम्पियन्स लिगमा यो समुह सबै भन्दा कठिन समुह रहेको छ ।

गत सिजनमा खराब खेलेको इन्टर मिलान यस सिजनमा रोमेलु लुकाकु, एलेक्सिस सान्चेजजस्ता खेलाडी भित्राएर सिरी ए मा समेत अपराजित रहेको छ ।

इन्टरविरुद्ध खेल्ने बार्सिलोनाको टिम : टेर स्टेगन, नेटो, नेल्सन सेमेड़ो, जेरार्ड पिके, इभान राकिटिक, सेर्जियो बस्क्वेट, जीन क्लैर टोबिडो, अर्थर, लुइस स्वरेज, लियोनेल मेसी, उसमान डेम्बेले, क्लेमेन्ट लेंगलेट, मोउसा वाग, एन्टोनी ग्रीजम्यान, कार्लेस एलेना, सेर्गी रोबेर्टो, फ्र्यांकी डिजंग, अर्टुरो भिडाल, जुनियर फ्रिपो, कर्लेस पेरेज ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै