• २०८१ बैशाख ६ बिहीबार

नयाँघरेको ‘तनक्खा’ विमोचन

kharibot

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो ।

कृतिको अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकाली, समालोचक महेश पौड्याल, कवि तथा निवन्धकार ममिला, नेपाल म्यानमार मैत्री परिषदका अध्यक्ष शंकर घिमिरेले संयुक्त रुपमा विमोचन गरेका छन् ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा निवन्धकार ममिलाले युवराज नयाँघरेले नेपाली निबन्ध र नियात्रामा पु¥याएको उल्लेखनीय योगदानको चर्चा गरे । उनले यो कृतिले वर्मेली नेपाली भाषीबारे निकै राम्रोसँग बताएको बताए ।

समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नोपन र खुबी ‘तनक्खामा’ पोखिएको बताए । उनले नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिने समेत बताए ।

अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकालीले नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक रहेको बताउँदै नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले वर्मालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको समेत बताए ।

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताए । उनले बर्मामा रहेका नेपाली भाषीको नेपाली भाषा, संस्कृतीको  विशेष अनुभूति यस कृतीमा लिपिबद्ध रहेको बताए ।

तनक्खा’ मा बर्मा भ्रमणको सेरोफेरो समेटिएको छ । बर्मामा रहेका नेपालीको स्थिति, बर्माको इतिहासलगायतका प्रसंग यसमा समेटिएको छ । बर्मेली भाषामा तनक्खाको अर्थ वनऔषधी भएको यसको भूमिका लेखक बर्मेमा रहेर नेपाली सााहित्यमा कलम चलाइरहेका ठाकुर गुरागाईंले बताए । कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । नयाँघरेका १६ वटा कृतिमा यस अघि ७ वटा नियात्रा कृति आइसकेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै