स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

खरीबोट

फाइल तस्वीर

चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए ।

जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन् । स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई सङ्क्रमणमा पार्दछ । ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् ।

यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिनुभयो । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट सङ्क्रमित भए उनको गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ ।

आर्थिक वर्ष २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

यस्तै डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ६६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको सङ्क्रमण विस्तारै घट्दै गएको छ । डेङ्गुबाट जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

डेङ्ग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

सम्बन्धित समाचार

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै

काठमाडौँ । तपाई खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट

स्क्रब टाइफसका २७ बिरामी भेटिए

अमरगढी । डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी

 स्क्रब टाइफस लाग्नुका कारण र बच्ने उपाय 

 काठमाडौं । स्कर्प टाइफस सक्रमित माइट (किर्ना )को टोकाइबाट लाग्ने रोग हो । यो किर्ना विभिन्न जनावरमा देखिन सक्छ तर खास गरेर मुसामा देखिन्छ ।  नेपालमा स्क्रब टाफस १२ महिना नै


z