• २०८१ बैशाख ८ शनिबार

कुष्माण्डा देवीको शक्तिपीठमा भक्तजनको भीड

kharibot

फाइल तस्वीर

काठमाडौँ । नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ ।  उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा भक्तजनको भीड बढेको हो ।

यसैगरी उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्रदेवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकांक्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी घटस्थापनाका दिन घर÷घरमा शुरु भएको दशैँ घर वा पूजा कोठामा आज नवरात्रको चौँथो दिन नवदुर्गामध्येकी चौँथो देवी कुष्माण्डा देवीको पूजा आराधना गरियो । पहिलो दिन अर्थात् असोज १२ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो ।

 असोज १८ गते शनिबार फूलपातीदेखि दशैँको विशेष चहलपहल शुरु हुन्छ । यसैदिनदेखि शक्तिपीठमा भक्तजनको अझै बढी भीड बढ्छ । बजारमा दशैँको किनमेल गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै