• २०८१ बैशाख ८ शनिबार

बाराको फेटा गाउँपालिकामा सेफ्टी ट्यांकीमा पाँच जनाको शव फेला 

kharibot

काठमाडौँ । बाराको फेटा गाउँपालिकाको वडा नम्बर ४ को बत्रामा सेफ्टी ट्यांकीमा एकै परिवारका चारजनासहित पाँच जनाको शव फेला परेको छ ।

बारा प्रहरीका डिएसपी रविन्द्र सिंह राठोरका अनुसार पाँचै जनाको शव शंकास्पद अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

मृतकहरुमा ४० बर्षीया जोधा मुखिया बिन, उनकी श्रीमती लाल मुखिया बिन, त्यस्तै उनकी १२ बर्षिय छोरी सुमानी मुखिया बिन, उनका भाई बर्ष ३० का महेन्द्र मुखिया बिन र एक जना भने भारतबाट पाहुना बस्न आएका बाबा भनिने पुरुष रहेको डिएसपी राठोरले खरीबोटलाई जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिदै शव पोष्ट मार्टमको लागि पठाइएको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै