• २०८१ बैशाख ६ बिहीबार

इन्टर मिलानमाथि बार्सिलोना विजयी, स्वरेजले गरे दुई गोल

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले इन्टर मिलानमाथि २-१ को जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वरेजले गरेका थिए भने इन्टरका लागि एक गोल लाउतारो मार्टीनेजले गरेका थिए ।

खेलको सातौ मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको इन्टर मिलानले दोस्रो हाफमा २ गोल खाएको थियो । बार्सिलोना दोस्रो हाफमा खेलमा फर्किएको थियो ।

स्वरेजले खेलको ५८औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको निर्णायक गोल खेलको ८४औ मिनेटमा लियोनेल मेसीको असिस्टमा स्वरेजले नै गरेका थिए ।

योसँगै लुइस स्वरेजले सन् २०१६ सेप्टेम्बरदेखि पहिलो पटक च्याम्पियन्स लिगको समुह चरणमा गोल गरेका छन् ।

यो जितपछि बार्सिलोनाको समुह एफमा २ खेलमा ४ अंक भएको छ । त्यस्तै गएराती नै भएको खेलमा यसै समुहको डोर्टमण्डले स्लाभिया प्राहलाई पराजित गरेपछि २ खेलमा ४ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै