• २०८१ बैशाख १३ बिहीबार

स्लजबर्गमाथि लिभरपुलको रोमान्चक जित, सलाहले गरे निर्णायक गोल

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत डिफेन्डिङ च्याम्पियन लिभरपुलले अस्ट्रियाको क्लब स्लजबर्गमाथि रोमान्चक जित हासिल गरेको छ । 

लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले स्लजबर्गमाथि ४-३ गोल अन्तरले जित हासिल गरेको हो । 

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल अग्रे भने साडियो माने र एन्ड्रयु रोबेर्टसनले एक एक गोल गरेका थिए ।  त्यस्तै स्लजबर्गले पनि लिभरपुललाई उसकै घरेलु मैदानमा चुनौती दिने हरसम्भव प्रयास गरेको थियो ।  ३ गोल गरेको स्लजबर्गका लागि ह्वांग ही चान, टुकुमी मिनामिनो र एर्लिंग ब्राउट हलांडले एक एक गोल गरेका थिए । 

खेलको पहिलो हाफमा ३-१ ले अगाडी रहेको लिभरपुललाई चुनौती दिदै स्लजबर्गले दोस्रो हाफमा थप २ गोल गरेर खेल बराबरी गरेको थियो ।  त्यसपछि खेलको ६९औ मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । 

यो सँगै लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक बटुलेको छ । पहिलो खेलमा नापोलीसँग २-० ले लिभरपुल पराजित भएको थियो । समुह इ मा नापोलीको २ खेलमा ४ अंक भएको छ भने लिभरपुलको ३ र स्लजबर्गको पनि ३ अंक रहेको छ ।  त्यस्तै जेंकको भने एक अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै