• २०८१ बैशाख ६ बिहीबार

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तानको कब्जा 

kharibot

काठमाडौँ । पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज २-० ले जितेको छ ।

गएराती सम्पन्न तेस्रो खेल पाकिस्तानले ५ विकेटले जितेको हो ।

श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ७६ रन बनाएका थिए भने अबिद अलीले ७४ रन बनाए । त्यस्तै हरिस शोहैलले ५६ रनको महत्वपूर्ण पारी खेलेका थिए । त्यस्तै बबर आजमले ३१, कप्तान सरफराज अहमदले २३ र इफ्तिखर अहमदले २८ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ओपनर धनुसका गुनाथिल्काको १३३ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २९७ रन बनाएको थियो ।

श्रीलंकाका लागि कप्तान लाहिरु थिरिमाने र मीनोद भानुकाले ३६-३६ रन बनाएका थिए । त्यस्तै दसुन शंकले २४ बलमा ४३ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

पाकिस्तानका बलर मोहमद आमिरले ३ विकेट लिए भने उसमान शिनवारी, वहाव रियाज, शदाब खान र मोहमव नवाजएल एक एक विकेट लिए ।

यस संगै पाकिस्तानले ३ खेलको सिरिजमा २-० ले जित हासिल गरेको छ ।

पहिलो खेल बर्षाले रद्ध भएको यस सिरिजमा दोस्रो खेल पनि पाकिस्तानले नै जितेको थियो ।

यस खेलको प्लेयर अफ द म्याच अबिद अली भए भने प्लेयर अफ द सिरिज पाकिस्तानका बबर आजम भए ।

पाकिस्तान टुरमा रहेको श्रीलंकाले अब पाकिस्तानविरुद्ध ३ खेलको टी-२० सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल आगामी शनिबार हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै