• २०८१ बैशाख १२ बुधबार

तीन गजलकारको संयुक्त गजल वाचन सम्पन्न  

kharibot

दमक । तीन गजलकारहरु टीका आत्रेय, शिशिर भट्टराई र मधु केरुङ गजलवाचनका लागि संयुक्त रुपमा प्रस्तुत भएका छन् ।

गजल घर नेपाल, प्रदेश नं १ ले बिहिबार आयोजना गरेको कार्यक्रममा गजलकारहरुले आआफ्ना पाँचपाँच गजल सुनाएका थिए । 

गजलकारहरु टीका आत्रेय सुनसरी, शिशिर भट्टराई इलाम र मधु केरुङ पाँचथर निवासी हुन् । 

दमक उद्योग वाणिज्य संघको सभाहलभित्र सम्पन्न कार्यक्रममा साहित्यकारहरु सुन्दर कुरुप, साङ्सेन वारक, विराट किराँती, अभागी थेगुवा, भुपेन्द्र तिमल्सिना, टंक काफ्ले, बाटोघरे कान्छा, कृष्ण कस्यप, अशोक बस्नेत, घनश्याम पथिक, विवश बलिभद्र कोइराला, राजकुमार सुब्बा अनिश्चित, लीला अनमोल, तिलाश्री तिमल्सिना, महेन्द्र विरही, तुलसी भट्टराई, विवेक निशानी, चोमु शेर्पा खुसी, रामचन्द्र लिम्बु, कमल मिश्र, बच्चु हिमांशुलगायतको उपस्थिति थियो । 

गजल महफिल दमक शीर्षकसहित द्वैमासिक रुपमा सञ्चालन हुने कार्यक्रमको यो सातौँ श्रृङ्खला हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै