• २०८१ बैशाख १३ बिहीबार

अबैध कामको नतिजा बन्यो पाँच जनाको मृत्यु 

kharibot

बारा । अबैध घरेलु मदिराको सेवनका कारण ज्यान गुमाउँनेहरुको बारेमा हामीले पक्कै पनि सुनेका हुँन्छौं ! तर , अबैध रुपमा रक्सी बनाउँनेलाई पनि कालले कहाँ छोड्दो रहेछ ? हो यस्तै घटना भएको छ , बारा जिल्लाको फेंटा गाउँपालिका स्थित बतरामा ।

फेंटा गाउँपालिका वडा नं.४ बतारा गाउँमा घरेलु मदिरा उत्पादन गर्नका लागि स्थानीय जोगा मुखिया बिनले घर भित्रै अन्डरग्राउन्ड ट्यांकी बनाएका थिए । त्यो ट्यांकीमा पहिलो पटक मदिरा उत्पादन हुँदै थियो । उत्पादन अवस्था हेर्ने क्रममा ट्यांकीमा जोगा मुखिया बिन सहिँत उन कै परिवारका अन्य तीन जना र एक भारतीय नागरिक गरी पाँच जनाको मृत्यु भयो ।

बुधवार राती करिब ८ बजे घर मैं प्रशासनको आँखा छली अबैध घरेलु मदिरा निर्माण गर्ने ट्यांकीमा परेर उनीहरुको मृत्यु भएको हो ।

मृतकहरुमा ४० वर्षिय जोगा मुखिया बिन, उनकी श्रीमती लालमुनी मुखिया बिन,  त्यस्तै उनकी १२ वर्षिय छोरी सुमनी कुमारी मुखिया बिन, उनका ३६ वर्षिया भाई महेन्द्र मुखिया बिन र भारत घर भएका पाहुँना बस्न आएका बाबा भनिने गुलचन माँझी रहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक बिश्वराज खनालले बताए ।

घटना भए लगत्तै सो स्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाई बुधवार राती नैं मृतकहरु पाँचै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया बारामा पठाएको छ । भने घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना के हो ?

प्रहरीले अबैध घरेलु मदिरा बनाउँनेको घर घरमा गएर मदिरा बनाउँने भट्टी फेटाए पछि मृत्क जोधा मुखियाले घर भित्र गोप्य तरिकाले अबैध मदिरा बनाउँन ट्वाईलेटका लागि बनाईए जस्तै गरी ट्यांकी बनाएर काम शुरु गरेका थिए ।

केहि दिन पहिले मात्र निर्माण गरिएको यस भट्टीमा मुखियाले यो पहिलो पटक मदिरा बनाउँनका लागि कच्चा पदार्थ राखेको थिए । सुत्ने कोठाबाट एक जना मानिस छिर्ने वा हेर्न मिल्ने गरी सबै तर्फबाट बन्द गरिएको कोठामा मंगलवार मुखिया परिवारले पहिलो पटक मदिरा बनाउँन कच्चा पदार्थ राखेका हुन् ।

कच्चा पदार्थ राखेसँगै त्यसमा पानी राखे पछि आँफै उम्लन शुरु भएको समाग्रीलाई चियाएर हेर्ने क्रममा पालै पालो सबैको त्यस भित्र खसेर मृत्यु भएको हुन सक्ने प्रहरीको पहिलो अनुमान रहेको बाराका प्रहरी उपरिक्षक खनालको अनुमान छ ।

के भन्छन् स्थानीय ?

भारतको बिहार राज्यसँग सिमाना जोडिएको यस गाँउमा अबैध रुपमा खुल्ला मदिरा बेच बिखन गर्ने कार्य निकै नैं फस्टाएको स्थानीय ललिता देबीको भनाई छ । फेंटा गाँउपालिका वडा नम्बर ४ मा करिब १५ भन्दा बढि भठ्ठीका साथै अबैध मदिरा बेच बिखन गर्ने पसलहरु सञ्चालनमा रहेको उनले बताईन् ।

उनले स्थानीयका साथै बोर्डर पारी भारतबाट आएका व्यक्तिहरुको कारणले यस क्षेत्रमा अबैध मदिराको माँग बढेकोले यहाँ मदिरा उत्पादन गर्ने कार्य पनि जोड् तोड्ले फस्टाएको बताईन् ।

यसमा कहिले काँहि तातिने प्रहरी अरु बेला कुँनै चाँसो नदिए कै कारण आजको यस्तो दिन देख्नु परेको ललिता देबिको भनाई छ ।

अबैध मदिरा भट्टी सञ्चालन बारे के भन्छन् जिल्ला अधिकारी ?

मदिरा खानु समाजिक संसकार बनिसकेकोले यसलाई तुरुन्तै बन्द गर्न आँफु नसक्ने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले संसकारको रुपमा रहेको यस बिकृतीलाई विस्तारै न्यूनिकरण गर्ने कार्यमा आँफु लगायत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका साथै राजश्व कार्यालय सिमरा लागि परेको बताए ।

हाल सिमा क्षेत्रमा खुल्ला रुपमा भैरहेको मदिरा बेच बिखनको मुख्य कारक स्थानीय तह समेत रहेकोले यसको नियन्त्रणमा स्थानीय तहको भुमिका पनि हुनु पर्ने उनको भनाई छ ।

बिभिन्न व्यवसाय सञ्चालन गर्ने अनुमती स्थानीय तहले दिने र त्यसैको नाममा सिमा क्षेत्रमा खुल्ला रुपमा अबैध मदिरा बेच बिखन हुँदै आएको उनले बताए ।

हाल बारा जिल्ला लगायत प्रदेश नम्बर २ कै सिमा क्षेत्रमा मदिरा बिक्री बितरणमा व्यापक बृद्धि भएको सहजै देख्न सकिन्छ । सम्बन्धित निकायले यसको समय मैं रोकथाम गर्न नसक्ने हो भने भोली यो भन्दा पनि डरलाग्दो दुर्घटना नहोला भन्न सकिन्न । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै