• २०८१ बैशाख ६ बिहीबार

सन्दिप इङल्याण्डमा हुने १०० बल क्रिकेटको ड्राफ्टमा

kharibot

काठमाडौं । इङल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा हुन गइरहेको सय बलको फ़्रेन्चाइजी प्रतियोगितामा नेपाली स्पिनर सन्दीप लामिछाने ड्राफ्टमा परेका छन् ।

क्रिकइन्फोका अनुसार सन्दीप एक लाख पाउण्ड न्युनतम मुल्यको ड्राफ्टमा परेका छन् । सय बलको यो पहिलो प्रतियोगिताको पहिलो संस्करण आगामी जुलाईमा हुने भएको छ ।

ड्राफ्टमा परेका १६५ खेलाडीमा परेका सन्दीपसहित भारतीय स्पिनर हरभजन सिंह, वेस्टइन्डिजका आन्द्रे रसेल, सुनिल नारन, केरोन पोलार्दक्रिस गेल, अफगानिस्तानका राशिद खान, अस्ट्रेलियाका डेविड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्क, शेन वाटसन, एरोन फिन्च, पाकिस्तानका बबर आजम, शहिद अफ्रिदी, बंगलादेशका शकिब अल हसन, तामिम इकबाल आदि रहेका छन् ।

लिगमा विदेशी खेलाडी र फ्यानलाई आकर्षित गर्न इङल्याण्डले आफ्नो भिसा प्रक्रियामा समेत सहजता बनाउने तयारि गरेको बताइएको छ । अहिले कम्तिमा एक टेस्ट खेलेको नियम रहेकोमा २ बर्षमा कम्तिमा २० टी-२० खेलेको खेलाडीलाई भिसा दिने गरि नियम बनाउन लागिएको बताइएको छ ।

कसरी खेलिन्छ १०० बल क्रिकेट :

टी-२० क्रिकेटको लोकप्रियता पछि क्रिकेटमा टी-१० पनि खेलिदै छ । तर १० ओभरको क्रिकेटअझै लोकप्रिय भैसकेको छन् । १०० बल क्रिकेट हरेक इनिंगमा १०० बल खेलिने छ । हरेक १० बलमा इनिंग परिवर्तन हुने छ । यस खेलमा बलरले एक पटकमा ५ या १० बल लगातार फाल्न पाउने छन् । हरेक बलरले एक खेलमा अधिकतम २० बल सम्म फाल्न पाउने छन् ।

बलिङ टिमले साढे २ मिनेटको स्ट्राटेजीक टाइम आउटको समय पाउने छन् । दुवै टिमलाई २५ बलको पावरप्ले हुने छ । पावरप्लेको समयमा केबल २ खेलाडी ३० यार्ड सर्कलको बाहिर हुने छन् ।

इङल्याण्डमा हुने यस १०० बल प्रतियोगितामा ८ टिमले भाग लिदै छन् । जसमा बिर्मिन्घम फोइनिक्स, लन्डन स्प्रिट, म्यानचेस्टर ओरिजिनल, नर्थर्न सुपर चार्जर, ओभल इन्भिनसिबल, साउथर्न ब्रेभ, ट्रेन्ट रोकेट्स र वेल्स फायर गरी ८ टिम रहेका छन् ।

जसमा बिर्मिन्घमले इङल्याण्डको सेन्ट्रल कन्ट्रयाक खेलाडी क्रिस वोक्स र लोकल खेलाडीको रुपमा मोईन अली र पाट ब्राउनलाई छानी सकेको छ ।

त्यस्तै लन्डन स्प्रिटले इङल्याण्डबाट रोरी बर्न्स र लोकल आइकन इयोन मोर्गन र डान लावरेंसलाई छानेको छ ।

त्यस्तै म्यानचेस्टर ओरिजिनल्सले इङल्याण्डबाट जोस बटलर र लोकल आइकन खेलाडी सकिब महमूद र माट पार्किन्सनलाई छानेको छ ।

त्यस्तै नर्थर्न सुपरचार्जरले इङल्याण्डबाट बेन स्टोकलाई छानेको छ भने लोकल आइकनको रुपमा आदील राशिद र डेविड विलीलाई छानेको छ ।

त्यस्तै ओभल इन्भिन्सिबलले इङल्याण्डबाट साम कुरान र लोकल आइकनको रुपमा जासन रोय र टम कुरान ई छानेको छ ।

त्यस्तै साउथर्न ब्रेभले इङल्याण्डबाट जोफ्रा आर्चरलाई छानेको छ भने लोकल आइकनको रुपमा जेम्स भिन्च र क्रिस जोर्डनलाई छानेको छ ।

त्यस्तै ट्रेन्ट रकेट्सले इङल्याण्डबाट जोय रुटलाई छानेको छ भने लोकल आइकनको रुपमा एलेक्स हल्स र ह्यारी गुर्नेलाई छानेको छ ।

त्यस्तै वेल्श फायरले इङल्याण्डबाट जोनी बैरस्ट्रवलाई छानेको छ भने टमबानटन र कोलिन इन्ग्रामलाई छानेको छ ।

अन्य खेलाडी तथा विदेशी खेलाडीको अन्तिम ड्राफ्ट यहि अक्टोबर २० मा हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै