• २०८१ बैशाख ७ शुक्रबार

फिल्म रिलिका लागि दशैँ मोह : अर्को दशैमा मह जोडीको नयाँ फिल्म 

kharibot

काठमाडौँ । फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । अर्को बर्षको दशैँको लागि अहिले देखिने फिल्म घोषणा भइरहेका छन् । 

अहिलेसम्म अर्को दशैँको लागि भुवन केसीको ‘एन्टी हिरो’, अशोक शर्माको ‘अल्लारे २’, निगम श्रेष्ठको ‘छड्के २’, रेनशा वान्तवा राईको ‘आइ एम ट्वान्टिवान’ र झरना थापाको ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैंमा आउने निश्चत भइसकेका छन् ।

यो सुचिमा अर्को फिल्म पनि थपिएको छ । मह जोडीको अभिनय रहने अनटाइटल फिल्म २०७७ साल कात्तिक ७ गते फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

बिहीबार फिल्मको निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । 

उनले यसअघि फिल्म ‘शत्रु गते’ निर्देशन गरेका भट्टराईले ‘जात्रा’ र ‘जात्रै जात्रा’ का निर्देशन गरेका थिए ।

मह जोडीले दोस्रो पटक फिचर फिल्ममा प्रदीपसँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिनमा नाम सार्वजनिक गर्ने बताइएको छ । फिल्मको कथा प्रदीप स्वयंले लेखिरहेका छन् ।

फिल्ममा मह जोडी, निर्देशक भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहनेछ । सम्भवतः फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ बाट मह जोडीले व्यापारिक सफलता हात पार्न सफल भए पनि समीक्षात्मक सफलतामा चुकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै