• २०८१ बैशाख ११ मंगलबार

को बन्ला त्रिविको उपकुलपति ? तीन जनाको नाम सिफारिस

kharibot

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सर्च कमिटी वैठकले मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष धर्मकान्त बास्कोटा र प्राध्यापक डा. चन्द्रमणि पौडेललाई देशकै ठुलो विश्वविद्यालयको उपकुलपतिको लागि सिफारिस गरेसँगै अब त्रिविको उपकुलपतिको निर्णय छिटै हुने संकेत देखिएको छ । 

डा. कोइरालालाई एक नम्बरमा सिफारिश गरिएकाले उनको सम्भावना बढी रहेको बताइएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निजी चासोमा कोइरालालाई एक नम्बरमा सिफारिस गरिएको उनी निकटहरु बताउछन् ।

त्यस्तै सिफारिस गरिएका अर्का बास्कोटा भने प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक मानिन्छन् । उनी दोस्रो नम्बरमा सिफारिस भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालमै नाक, कान, घाटी रोग विशेषज्ञका रुपमा कार्यरत थिए ।

त्यस्तै तेश्रो नम्बरमा सिफारिस गरिएका प्राध्यापक डा. चन्द्रमणि पौडेल नेकपा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । उनी यसअघि त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनेका थिए । हाल उनी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष छन् । तर बोर्डमा उनको काम गर्ने शैलीप्रति शिक्षामन्त्री पोखरेल भने सन्तुष्ट नभएको कुरा पनि सार्वजनिक भएका थिए । 

सर्च कमिटीमा शिक्षामन्त्रीको अध्यक्षतामा मेची बहुमुखी क्याम्पस झापाका प्रमुख कमल गुरागाईं र त्रिविकै व्यवस्थापन संकायका डीन डिल्ली शर्मा सदस्य थिए ।

सर्च कमिटीले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो । सिफारिस भएका व्यक्तिको नाम अध्ययन गरेर प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै