एनसेलको दशैं अफर :  रिचार्जमा डेटा बोनस

खरीबोट

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् ।  

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् । 

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् । 

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।
 

सम्बन्धित समाचार

एनसेलको दशैं अफर :  रिचार्जमा डेटा बोनस

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् ।   एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अब १० देशमा

काठमाडौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा

एनसेलको ‘पिआरबिटी आफ्नै धुन’ को नयाँ भर्सनको घोषणा 

काठमाडौँ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । साथै धुन बनाउने

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा


z