• २०८१ बैशाख ८ शनिबार

यूक्रेनमा भएको विमान दुर्घटनामा कम्तीमा पाँचको मृत्यु

kharibot

किभ । यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।

यूक्रेनी आपतकालिन सेवा सम्वद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

“घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,” यूक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट यूक्रेनका लागि उडेको थियो । प्रारभ्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।

यूक्रेनी आपतकालिन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै