• २०८१ बैशाख ७ शुक्रबार

ओमान सिरिजमा डिआरएसको प्रयोग : प्रत्यक्ष प्रशारण हुने  

kharibot

काठमाडौँ । ओमानमा आज देखि ५ देश सम्मिलित टी-२० सिरिज शुरु हुदै छ ।

यस सिरिजमा आयोजक ओमानसहित नेपाल, हङकङ, नेदरल्याण्डस र आयरल्याण्डले भाग लिदै छन् ।

प्रतियोगितामा भाग लिन नेपाली टिम अहिले ओमानमा पुगिसकेको छ ।

यस प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग हुने ओमान क्रिकेटले जानकारी दिएको छ ।

डिआरएसको प्रयोग रनआउट, स्टम्पिङ र नो बलका लागि हुने तर डिआरएस एलबिडब्लु र कट बिहाईन्ड द विकेटका लागि भने नहुने ओमान क्रिकेटका प्रमुख अपरेटिङ अफिसर दुलीप मेन्डिसले जानकारी दिएका छन् ।

ओमानमा भएका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा डिआरएस पहिलो पटक प्रयोग हुन लागेको र भविष्यमा एलबिडब्लु र कट बिहाईन्ड द विकेटका लागि पनि डिआरएस थपिने मेन्डिसले जानकारी दिए ।

आजदेखि अक्टोबर १० सम्म हुने यस प्रतियोगितालाई ओमान क्रिकेटको वेभसाइट http://www.omancricket.org र ओमान क्रिकेटको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ ।
   

ओमानमा हुने टी-२० सिरिजको तालिका

ओमान विरुद्ध हङकङ (असोज १८ गते : शनिबार)
आयरल्याण्ड विरुद्ध नेदरल्याण्डस (असोज १८ गते : शनिबार) 

ओमान विरुद्ध आयरल्याण्ड (असोज १९ गते : आइतबार)
नेपाल विरुद्ध हङकङ (असोज १९ गते : आइतबार)

नेपाल विरुद्ध नेदरल्यान्ड्स (असोज २० गते : सोमबार)
हङकङ विरुद्ध आयरल्याण्ड (असोज २० गते : सोमबार)

मंगलबार रेस्ट डे 

नेपाल विरुद्ध आयरल्यान्ड (असोज २२ गते : बुधबार)
ओमान विरुद्ध नेदरल्याण्डस (असोज २२ गते : बुधबार)

नेदरल्याण्डस विरुद्ध हङकङ (असोज २३ गते : बिहिबार)      
नेपाल विरुद्ध ओमान (असोज २३ गते : बिहिबार) 
 

ओमान सिरिजको लागि नेपालको १५ सदस्यीय टोली :

पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल मल्ल, इशान पाण्डे, सोमपाल कामी, सन्दीप लामछाने, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, पवन सरार्फ, अभिनाश बोहोरा, रोहित कुमार पौडेल र सुशन भारी । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै