• २०८१ बैशाख ७ शुक्रबार

दशैंमा घर जादै हुनुहुन्छ, प्राथमिक उपचारको स्मार्ट किट बोक्नुभयो ?

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । हिन्दुहरुको महान् चाड दशैं नजिकिए संगै पर्व मनाउनको लागी घर जानेको संख्या बढ्दो छ । प्राय मानिसहरु सडक मार्ग हुदै काठमाडौँ बाट अन्य प्रदेश जाने हुनाले यातायातका साधनहरुको घुइचो साधारण भन्दा धेरै नै हुन्छ ।

सवारी साधनको चाप, चाडपर्वमा सडक निर्माण, उचित ट्राफिक व्यव्स्थापन नहुनुको कारण यात्रु घन्टौ सम्म जाममा फस्ने गर्दछन् । लामो दुरीको यात्रा गर्दा आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ ।  स्वस्थ रहरनको लागि स्मार्ट प्याक गर्नुपर्छ, अर्थात् यात्राको सामान प्याक गर्दा अत्यावस्यक समान संगै एउटा मेडिकल किट राख्नु पर्छ ।  

यात्रामा कस्तो औषधी लैजाने  

डाक्टरको पर्चा अनुसारको औषधी

यदि कुनै रोग वा दिर्घ रोगको बिरामी भएमा आफ्नो प्रेस्क्रिब्सन अनुसारको औषधी अनिवर्य बोक्नु पर्छ ।  बाटोमा किन्छु भन्ने सोच्यो भने पछि अवस्था नमिल्न पनि सक्छ त्यसैले यात्रा पुर्व नै आफ्नो औषधी बोकी राख्नु पर्छ । डेंगुको उपचार सकिएको सकिएको छैन भने डाक्टरले दिएको डेंगुको औषधी साथमा हुनु पर्छ । डेंगु रोगको प्रभाव धेरै भएको कारण लामखुट्टे बाट जोगिन ओएन्टमेन्ट लैजानु पर्छ । 

मेडिकल सप्लाइस

आफ्नो चस्मा तथा कन्ट्याक्ट लेन्स सम्झेर आफुले बोक्ने ह्यान्ड ब्याग वा पर्समा राख्नु पर्छ  । मधुमेहका बिरामीको लागी डाइबेटिज नाप्ने मेसिन र इन्सुलिन मेडीकिटमा राख्नुपर्छ  । इनहेलर  तथा इपी-पेन्स आफुलाई चाहिन्छ भने त्यो पनि  छुटाउन हुदैन । स्मार्ट घडी वा मेडिकल अलर्ट ब्रासलेट छ भने लगाएर जादा राम्रो हुन्छ । 

आपतकालीन बिरामी औषधी  

दुखाई कम गर्ने औषधी जस्तै प्यारा-सिटामोल वा एस्पिरिन, एलर्जीको औषधी, चिसो तथा रुघाखोकी को लगी ट्याब्लेट, डाइरियाको एन्टीबायोटिक, यात्रा गर्दा बिरामी पर्नेलाई उल्टी नहुने औषधी मेडीकिटमा अनिवार्य हुनुपर्छ । 

प्राथमिक उपचार किट 

देशको यातायतको साधन गुड्ने सडकहरुको  अवस्था रामो छैन त्यसैले कतिपय ठाउमा यात्रा निकै जोखिमपूर्ण हुन्छ । प्राथमिक उपचारको सामानहरु जस्तै हाइड्रोक्रोसन क्रिम, एन्टी-ब्याकटेरियल् क्रिम, डिजिटल थर्मोमिटर, एन्टीसेपटिक वा सफा गर्ने लिक्विड, जीवनजल , बयान्डेज, पट्टि, कपास, आई ड्रप आदि मेडीकिटमा हुनु जरुरी छ  । 

मेडिकल कागजपत्र

कुनै बिरामी अथवा दिर्घ रोग छ भने आफ्नो प्रेस्क्रिब्सनको कागजहरु, स्वस्थ बिमाको कार्ड वा कागजपत्र, सम्पर्क गर्ने कार्ड जसमा आफ्नो परिवारको सदस्यको ठेगाना, फोन नम्बर वा नजिकको सम्पर्कको मान्छेको विवरण हुन्छ, त्यस्तो सूचनाको कागजपत्र संगै लैजानु पर्छ । प्राय जसो मान्छेहरु धेरै सामय पछि घर जाने हुदा, आफू जाने ठाउँको बारेमा राम्रो सँग जानकारी लिएर मात्र जानु पर्छ । हस्पिटल तथा स्वाथ चौकी कुन कुन ठाउँमा छ पहिला नै जानकारी लिनु पर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै