• २०८१ बैशाख ८ शनिबार

सिपिएलको लिग चरण सकियो, प्लेअफको समीकरण यस्तो भयो 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत लिग चरणका खेल आजदेखि सकिएका छन् ।

आज सम्पन्न खेलमा गुयाना अमेजन वरियर्सले ट्रीनबागो नाइट राइडर्सलाई पराजित गर्दै लिग चरणआमा अपराजित भएको छ ।

आज भएको खेलमा नाइट राइडर्सले दिएको १४४ रनको लक्ष्य पछाएको गुयानाले ३ विकेट गुमाउदै १८.४ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

लिग चरणको खेल सकिएपछि गुयानाले १० खेलमा १० खेल्ने जितेर २० अंक हासिल गर्दै पहिलो क्वालिफायर खेल्ने भएको छ ।

त्यस्तै बार्बाडोस ट्रीडेन्टस १० खेलमा १० अंक हासिल गर्दै दोस्रो हुदै पहिलो क्वालिफायरमा पुगेको छ ।

त्यस्तै सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयटस१० खेलमा १० अंक हासिल गरेपनि नेट रङ रेटमा बार्बडोसभन्दा पछी परेपछि तेस्रो हुदै इलिमिनेटर खेल्नुपर्ने भएको छ ।

त्यस्तै प्रतियोगिताको शुरुवातमा राम्रो खेलेपनि पछिल्ला चार खेल लगातार हारेपछि ट्रीनबागो नाइट राइडर्स १० खेलमा ९ अंक हासिल गर्दै चौथो हुदै इलिमिनेटर खेल्न छनौट भएको छ ।

त्यस्तै सेन्ट लुसिया जोउक्स१० खेलमा ७ अंक बटुलेर पाँचौ हुदै र जमैका तल्लावाह भने १० खेलमा ४ अंक बटुलेर छैठौ हुदै लिग चरणबाटै बाहिरिएका छन् ।

अब इलिमिनेटरमा सेन्ट किट्स र नाइट राइडर्स खेल्ने छन् भने जित्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ । त्यस्तै पहिलो क्वालिफायरमा गुयाना र बार्बाडोस खेल्ने छन् भने विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

इलिमिनेटरको खेल आइतबार बिहान हुने छ भने पहिलो क्वालिफायर खेल सोमबार बिहान हुने छ । त्यस्तै दोस्रो क्वालिफायर खेल बुधबार बिहान हुने छ भने फाइनल खेल अर्को आइतबार हुने छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै