• २०८१ बैशाख १३ बिहीबार

बक्सअफ्रिसमा वारको शानदार कमाई, तीन दिनमा सय करोड नजिक

kharibot

मुम्बई । बलिवुडमा गान्धी जयन्तीको अवसरमा बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरेको छ ।

फिल्म रिलिजको पहिलो दिन 'वार' ले भारतीय बक्स अफिसमा ५३ करोड ३५ लाखको कमाई गरेको वारले दोस्रो दिन २४ करोड ४५ लाख कमाई गरेको थियो  । त्यस्तै वारले रिलिजको तेस्रो तीन २२ करोड कलेक्सन गरेर तीन दिनमा सय करोडको नजिक पुगेको छ । वारले तीन दिनमा ९९ करोड ७० लाख कमाई गरेको छ । 

पहिलो दिन भारतभर कुल ४ हजार स्क्रिनमा रिलिज गरिएको 'वार' को शुक्रबार देखि थप १५ सय स्क्रिन बढेको बताइएको छ ।

फिल्मले राष्ट्रिय बिदामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको छ भने अभिनेता ऋतिक रोशन र टाइगर सराफको क्यारियरकै पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म रिलिज अघि नै अत्याधि चर्चामा रहेको छ । 'वार' को बक्स अफिसमा एडभान्स बुकिंगले पनि नयाँ रेकर्ड बनाएको छ । फिल्मको रिभ्यु समेत रम्रो भएकाले फिल्म बक्स अफिसमा सुपर हिट हुने अनुमान गरिएको छ ।

उत्कृष्ट म्युजिक र ऋतिक र टाइगरको द्वन्द पर्दामा पहिलो पटक हेर्न दर्शक उत्साहित रहेकाले पनि फिल्मले बक्स अफिसमा शानदार कमाई गर्ने बताइएको छ । 

'वार' फिल्म हेर्ने पर्ने ५ कारण :

१.    वार हेर्नु पर्ने पहिलो कारण अभिनेता ऋतिक रोशन र टाइगर सराफ पहिलो पटक पर्दामा आउनु रहेको छ । टाइगरले ऋतिकलाई आफ्नो बचपनको हिरोको रुपमा मान्दै आएकाले पनि यो फिल्म हेर्न दर्शकमा कौतिहलता रहेको छ । जबर्जस्त एक्शन रहेको यस फिल्ममा ऋतिक र टाइगरको लडाई रोमान्चक हुने अनुमान गरिएको छ ।

२.    वार हेर्नुपर्ने अर्को कारण धुम-२ पछी ऋतिक रोशन निगेटिभ रोलमा अभिनय गर्दै छन् । आफ्नो एक्शन र नृत्यका कारण विश्वभर फ्यान बनाएका ऋतिक लामो समयपछी निगेटिभ भूमिकाआमा आएकाले वार हेर्नै पर्ने फिल्म बनेको छ ।

३.    यो कुरा सबैलाई थाहा छ की टाइगर सराफले ऋतिक रोशनलाई आफ्नो गुरु मान्दछन । ऋतिक उनका बलिवुडका आइडल मान्ने टाइगर ऋतिकसँग काम गर्ने सपना देख्ने गर्दथे । उनको यो फिल्मबाट सपना पुरा भएको छ । ट्रेलर हेर्दा टाइगर र ऋतिकको द्वन्दले फिल्मलाई रोचक बनएको छ ।

४.    'वार' ले प्रशस्त मनोरंजन दिने र थ्रिलर कथामा बनेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । बलिवुडमा कमर्सियल फिल्मको बजार ठुलो भएकोले पनि वारले बक्स अफिसमा राम्रो गर्ने फिल्म विश्लेषकहरुले बताएका छन् । फिल्ममा रहेका स्टन्ट, रोमान्चक लोकेशनमा गरिएको शुटिंगले फिल्मलाई पुर्णरुपमा मनोरंजनात्मक बनाएको अनुमान गर्न सकिन्छ ।

५.    फिल्मको ट्रेलर हेर्दा ऋतिक र टाइगरमा द्वन्द देखाइएको छ भने दुईमा जित कसको हुन्छ भन्ने कौतुहलता पनि बनाइदिएको छ । अहिले ऋतिक र टाइगरका फ्यानहरुबीच दुईमा अन्त्यमा कसले जित्छ भन्ने कौतुहलता रहेको छ । जसले गर्दा पनि दर्शक हलसम्म पुग्ने अनुमान गरिएको छ । फिल्मको प्रचारका क्रममा पनि ऋतिक र टाइगर एकै पटक नगरी अलग अलग प्रचार गरेर आफुहरु बीच वर रहेको संदेश दिएर फिल्मलाई थप रहस्यमय बनाउन सफल भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै