नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

खरीबोट

फाइल तस्बीर

चितवन । उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ ।

असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ । यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए ।

वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो । सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ । अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताए । निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उहाँले वताउनुभयो । सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडाँैले हेर्ने गर्दछ ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउनुभयो । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउछन् । सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ ।

काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीले मुग्लिनदेखि पिप्लामोडसम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनले बताए ।

असुरक्षित वन्दै पैदलयात्री गएका दुई महीनामा जिल्लाका विभिन्न सडकमा पैदल हिँडिरहेका ११ जनाको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सवारीकै ठक्करले नौ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत आर्थिक वर्षमा पैदल हिँड्दै गरेका ४१ को सवारीको ठक्करबाट मृत्यु भएको थियो ।

त्यस वर्ष ७९ घाइते भएका थिए । यात्रीको आफ्नै कारण, चालकको लापरवाही र साँघुरा सडकका कारण पैदलयात्री असुरक्षित हुने गरेका गिरिको ठम्याइ छ । मदिरा सेवन गरेरबीच सडकमा हिँड्ने र जेब्राक्रसबाट बाटो नकाट्ने बढी दुर्घटनामा पर्ने गरेका छन् ।

यसैगरी मदिरा सेवन गरेर सवारी चलाउने चालक र मदिरा सेवन नगरेकै भए पनि जथाभावी सवारी हाक्नेका कारणले पैदलयात्री असुरक्षित बनेको गिरी बताउछन् । साँघुरा सडकमा मानिस नदेखिएका कारण सवारीको ठक्करबाट मृत्यु भएको पनि पाइएको छ । गिरीका अनुसार पैदलयात्रा गर्दा मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा हुने गरेका छन् । चालक र पैदलयात्री दुवै सचेत नभएसम्म यस्ता घटना रोक्न नसकिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै

काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

चितवन । उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् – ट्राफिक 

काठमाडौँ । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०-२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।  यात्रु शान्ति


z