तीन दिनमा पचास तालिबान लडाकू मारिए

खरीबोट

फाइल तस्बीर

तालुकान, अफगानिस्तान । आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन । 

गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताउनु भएको छ । 

‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

तालिबान आतङ्ककारीहरूले १० दिन अगाडि एउटा आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख भागहरू कब्जा गर्नुलगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए ।

यद्यपि सरकारी सेनाले गएको तीन दिनमा गरेको कारबाहीको क्रममा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएका हजारीले बताए । 

जारी यस काराबाहीको कारण छिमेकीमा पर्ने खवाजा घर जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएका हजारीले बताए । 

यस आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुको साथै अन्य छ घाइते भएका हजारीले बताए । 

सरकारी सुरक्षा बलले अब छिटै खवाजा घर जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने हजारीले बताउनु भएको बताए ।

सम्बन्धित समाचार

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

 ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’ तालिबान लडाकू समूहका

तीन दिनमा पचास तालिबान लडाकू मारिए

तालुकान, अफगानिस्तान । आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन ।  गत दिनयता जारी यस कारबाहीमा

उच्चस्तरीय तालिबानी मण्डल पाकिस्तान भ्रमणमा

इस्लामाबाद । अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन

अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान


z