• २०८१ बैशाख १३ बिहीबार

एम्बाप्पे र कभानी बिना एन्जर्समाथि पिएसजीको सहज जित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एन्जर्सविरुद्ध सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा पाब्लो सरबिया, नेइमार, इद्रीसा गुइए र माउरो इकार्ड़ीले एक एक गोल गरेका थिए ।

पिएसजीका लागि यसै सिजनमा लोनमा इन्टर मिलानबाट आएका इकार्डीले दुईखेलमा दुई गोल गर्दै उत्कृष्ट शुरुवात गरेका छन् । उनको लिग वानमा भने यो पहिलो गोल हो ।

पिएसजी आफ्ना स्टार खेलाडी किलीयन एम्बाप्पे र एडिसन कभानी बिना नै खेलेको थियो । 

यो जितपछि पिएसजी लिग वानमा ९ खेलमा २१ अंकसहित शिर्ष स्थानमा पुगेको छ भने एन्जर्स ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै