• २०८१ बैशाख ७ शुक्रबार

विवादस्पद पेनाल्टीले लिभरपुललाई जितायो, प्रिमियर लिगमा अपराजित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको मद्धतले गोल गर्दै लेस्टर सिटीमाथि जित हासिल गरेको छ ।

लिभरपुलले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि साडियो मानेले पहिलो गोल गरेका थिए भने पेनाल्टीमार्फत निर्णायक गोल पेनाल्टी मार्फत जेम्स मिल्नरले गरेका थिए । लेस्टरका लागि एक गोल जेम्स माडिसनले गरेका थिए ।

खेल विवादास्पद पेनाल्टीका कारण लिभरपुलको पक्षमा गएको थियो । 

जितपछि लिभरपुल प्रिमियर लिगको यस सिजनमा खेलका ८ खेलमा जित हासिल गर्दै २४ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लेस्टर भने ८ खेलमा १४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै