• २०८१ बैशाख १२ बुधबार

टेस्ट क्रिकेटमा ओपनर रोहितको शानदार शुरुवात, बनाए किर्तिमान

kharibot

काठमाडौँ । भारतीय ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

ओपनरको रुपमा पहिलो पटक टेस्ट खेलिरहेका रोहितले दक्षिण अफ्रीकाविरुद्दको जारी टेस्टमा दुवै इनिंगमा शतक प्रहार गरेर नयाँ रेकर्ड बनाएका छन् ।

पहिलो इनिंगमा १७६ रनको पारी खेलेका रोहितले दोस्रो इनिंगमा १२६ रन बनाएर दुवै इनिंगमा शतक बनाउने ओपनर बनेका हुन् ।

साथै रोहितले ओपनरको रुपमा एकै खेलमा ३०३ रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

साथै रोहितले एकै खेलमा धेरै छक्का हान्ने खेलाडी समेत बनेका छन् । रोहितले कुल १६ छक्का प्रहार गरेका थिए । रोहितले पहिलो इनिंगमा ६ र दोस्रो इनिंगमा ७ छक्का प्रहार गरेका थिए । यस अघि एकै खेलमा धेरै छक्का प्रहार गर्ने रेकर्ड भने पाकिस्तानका वसिम अक्रमको नाममा रहेको थियो । अक्रमले कुल १२ छक्का प्रहार गरेका थिए ।

रोहित टेस्ट क्रिकेटमा ओपनरको रुपमा दुवै पारीमा शतक बनाउने दोस्रो भारतीय ओपनर बनेका छन् । यस अघि सुनिल गावस्करले सन् १९७१ र १९७८ मा दुई पटक शतक प्रहार गरेका थिए ।

जारी टेस्टमा भारतले दोस्रो इनिंगमा ३२३ रन बनाएर इनिंग घोषणा गरेको छ भने दक्षिण अफ्रिकाले जितका लागि ३९५ रनको लक्ष्य पाएको छ । त्यस्तै दक्षिण अफ्रीकाले दोस्रो इनिंगको शुरुवात गर्दै एक विकेट गुमाउदै ११ रन बनाएको छ ।

अब टेस्टको अन्तिम दिन भारतलाई टेस्ट जित्न ९ विकेट आवश्यक छ भने दक्षिण अफ्रीकालाई ३८४ रन आवश्यक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै