• २०८१ बैशाख ८ शनिबार

पहिलो टी-२० मा श्रीलंका विजयी, पाकिस्तानको ब्याटिंग फेल

kharibot

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको पहिलो टी-२० खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाएल पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १६६ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.४ ओभरमा १०१ रन बनाउदा अल आउट भएको थियो ।

पाकिस्तानका लागि इफ्तिखार अहमदले सर्वाधिक २५ रन बनाए भने सरफराज अहमदले २४ रन बनाए भने बबर आजमले १३ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका बलर नुवान प्रदीप र इसुरु उदानाले ३-३ विकेट लिए । त्यस्तै वनिन्दु डि सिल्भाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन बनाएको थियो । श्रीलंकाका लागि धनुश्का गुनाथिलाकाले सर्वाधिक ५७ रन बनी भने आभिष्का फेर्नांडोले ३३, भानुका राजापाक्षेले ३२ र धनुष शंकले १७ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका मोहमद हसनैनले ३ विकेट लिएका थिए भने षडाब खानले एक विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तान टुरमा रहेको श्रीलंकाले ३ खेलको टी-२० सिरिजमा १-० को बढ्त हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै