• २०८१ बैशाख ६ बिहीबार

गोपाल खड्का मन्त्रालय तानिए, सुशील भट्टराई बने निगमका कामु प्रमुख 

kharibot

काठमाडौँ । आयल निगमका विवादित कार्यकारी निर्देशक गोपाल खड्का आपूर्ती मन्त्रालयमा तानिएका छन् । 

पेट्रोलियम पदार्थको जग्गा खरिदमा भएको अनियमितता छानविनका लागि मन्त्रालय तानेर जिम्मेवारी खोसेको छ । सोमबार आपूर्ती मन्त्री जयन्द चन्दले खड्कालाई मन्त्रालय झिकाउने निर्णय गरेका छन् ।

यसअघि आपूर्ती सचिव कृष्णप्रसाद देवकोटाले खड्कालाई जिम्मेवारीमुक्त गरी अनुसन्धान अघि बढाउन दिएको रायलाई मन्त्री चन्दले सदर गरेका हुन् । खड्का अढाई बर्षदेखी निगम प्रमुखमा छँदा विभिन्न अनियमिततामा मुछिदै आएका छन् । 

पछिल्लो पटक झापा, सर्लाही, चितवन र भैरहवामा करिब ७६ बिघा जग्गा पेट्रोलियम पदार्थको भण्डारण प्रयोजनका लागि खरिद गर्दा एक अर्ब रुपैयाँ भन्दा बढी अनियमितता गरेको आरोप खड्कामाथी लागेको छ ।

मन्त्रालयले अनुसन्धान अवधिभर खड्कालाई जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

संसद्को उद्योग बाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको प्रतिवेदनका आधारमा गत २ असोजको मन्त्रिपरिषद् बैठकबाट खड्कालाई बर्खास्तीको निर्णय गरेको थियो । तर, खड्का सर्वोच्चमा रिट दायर गरी पुनः निगम फर्किएका थिए । 

खड्कालाई मन्त्रालय झिकाएपछि निगमको कायममुकायम कार्यकारी निर्देशकमा शुशील भट्टराईलाई जिम्मेवारी दिएको छ । हाल नायब प्रबन्ध निर्देशकका रुपमा कार्यरत भट्टराईलाई बरिष्ठताका आधारमा निगमको कामु कार्यकारी निर्देशक जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै