• २०८१ बैशाख ६ बिहीबार

बाबुछोरासँग रोमान्स गर्ने बलिवुडका यी हिरोइन 

kharibot

मुम्बई । बलिवुडमा हिरोले जस्तो हिरोइनले लामो समयसम्म हिरोइनको रुपमा अभिनय गर्ने अवसर नपाएको देखिएको छ । हिरोइनले ८-१० बर्ष प्रमुख भूमिका पाएपनि त्यस पछि हिरोइनको रुपमा अभिनय गर्ने अवसर कमै पाउने गर्दछन । तर त्यसको ठिक उल्टो हिरोले २५-३० बर्ष नै हिरो भएर फिल्म खेल्ने गर्दछन ।

यस रिपोर्टमा बलिवुडका केहि त्यस्ता हिरोइन जसले बलिवुडका अभिनेता र ती अभिनेताका छोरासँग अभिनय गरे, ती हिरोइनहरुको बारेमा चर्चा गर्दै छौ ।

यस सुचिमा अभिनेत्री माधुरी दिक्षितको नाम अगाडी आउछ । ९० को दशककी चर्चित हिरोइन माधुरीले फिल्म दयावानबाट सन् १९९८८ मा बलिवुडमा डेभ्यु गरेकी थिइन् । डेभ्यु फिल्ममै माधुरीले अभिनेता विनोद खन्नासँग अभिनय गरेकी थिइन् । यस फिल्ममा माधुरी र विनोद खन्नाबीचको इन्टीमेट सिनका कारण चर्चामा आएका थिए । माधुरीले त्यसपछि विनोद खन्नाका छोरा अक्षय खन्नासँग सन् १९९७ मा फिल्म मोहम्बतमा अभिनय गरेकी थिइन् ।

त्यस्तै हेमा मालिनीले बलिवुडमा सन् १९६८ मा सपनोका सौदागरबाट डेभ्यु गरेकी थिइन् । हेमाले यस फिल्ममा राज कपुरसँग अभिनय गरेकी थिइन् । यसपछि हेमाले राज कपुरका छोरा रणधीर कपुर र ऋषि कपुरसँग अभिनय गरेकी थिइन् । हेमाले हाथकी सफाई मा रणधीर कपुरसँग र एक चादर मैली सी मा ऋषि कपुरसँग रोमान्स गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री श्रीदेवीले पनि बाबु छोरासँग पर्दामा रोमान्स गरेकी थिइन् । श्रीदेवीले अभिनेता धर्मेन्द्रसँग फिल्म नाकाबन्दीमा अभिनय गरेकी थिइन् । त्यसपछि उनले फिल्म चालबाज, निगाहे र राम अवतार जस्ता फिल्ममा धर्मेन्द्रका छोरा सन्नी देओलसँग अभिनय गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री जया प्रदाले पनि बाबु छोरासँग रोमान्स गरेकी थिइन् । जय प्रदाले धर्मेन्द्रसँग फरिस्ते, शाहजादे, न्यायदाता जस्ता फिल्ममा अभिनय गरीन भने सन्नी देओलसँग वीरता र जबर्जस्त जस्ता फिल्ममा अभिनय गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री अमृता सिंहले पनि बाबु छोरासँग अभिनय गरेकी छन् । अमृताले फिल्म बेताबबाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । अमृताले पनि धर्मेन्द्र र सन्नी देओलसँग काम गरेकी थिइन् । अमृताले धर्मेन्द्रसँग फिल्म सच्चाईकी ताकतमा काम गरिन भने डेभ्यु फिल्ममा बेताबमा सन्नी देओलसँग काम गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री डिम्पल कपाडियाले पनि बाबु छोरासँग अभिनय गरेकी छन् । डिम्पलले पनि धर्मेन्द्र र सन्नी दोओल तथा विनोद खन्ना र अक्षय खन्नासँग रोमान्स गरेकी थिइन् । डिम्पलले धर्मेन्द्रसँग फिल्ममा शाह्जादे, बटवारामा काम गरीन भने सन्नी देओलसँग नर्सिम्हा, अर्जुन, गुनाह जस्ता फिल्ममा काम गरेकी थिइन् । त्यस्तै डिम्पलले विनोद खन्नासँग खुनका कर्ज, इन्साफजस्ता फिल्ममा काम गरिन भने अक्षय खन्नासँग फिल्म दिल चहता है मा काम गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री रानी मुखर्जीले पनि बाबु छोरासँग अभिनय गरेकी छन् । रानीले अमिताभ बच्चन र अभिषेक बच्चनसँग अभिनय गरेकी छन् । रानीले अमिताभ बच्चनसँग फिल्म ब्ल्याकमा काम गरिन अभ्ने अभिषेकसँग युवा, बन्टी और बबली, कभी अल बिदा न कहनामा काम गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै