• २०८१ बैशाख १३ बिहीबार

ओमानसँग हार्यो आयरल्याण्ड, ओमानको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । ओमानमा जारी ५ देशीय टी-२० सिरिजमा घरेलु टिम ओमान लगातार दोस्रो खेलमा विजयी भएको छ ।

आइतबार सम्पन्न खेलमा ओमानले आयरल्याण्डलाई ४३ रनले पराजित गरेको छ ।

ओमानले दिएको १७४ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.२ ओभरमा १३० रन बनाउदा अल आउट भएपछि ओमान ४३ रनले विजयी भएको हो ।

आयरल्याण्डका लागि केभिन ओ ब्रायनले सर्वाधिक ३९ रन बनाए भने एन्डी बलविमेले १९, मार्क अडैरले १८ रन बनाए ।

ओमानका बलर मोहमद नदीम र कनवर अलीले ३-३ विकेट लिए भने बिलाल खान र आमिर कलीमले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १७३ रन बनाएको थियो । ओमानका लागि आमिर कालीमले सर्वाधिक ४६ रन बनाए भने जितिन्द्रर सिंहले ४० रन बनाएका थिए । त्यस्तै अकिब इयासले २१ र फ्याज बटले १४ रन बनाएका थिए ।

सिरिजमा पहिलो खेलमा हङकङलाई पराजित गरेको ओमानले दोस्रो खेलमा पनि जित हासिल गरेको छ । त्यस्तै पहिलो खेलमा नेदरल्याण्डसमाथि जित हासिल गरेको आयरल्याण्ड ओमानसँग पराजित भएको छ ।

प्रतियोगिताको आजको दोस्रो खेलमा नेपालले हङकङसँग खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै