पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए

खरीबोट

बग्दाद । इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार  प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ  प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 

 शिया मुसलमानहरुको बलियो प्रभाव रहेको सदर शहरको विभिन्न भागमा प्रदर्शनकारीहरूले टायर जलाउनुको  साथै अन्य हिंसात्मक कार्यहरु गरेको थिए । सोही अवस्थामा प्रदर्शनकारी र सुरक्षाबललबीच झडप भएको बताइएको छ ।  

 इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० भन्दा बढी भएको छ ।  इराकी मानव अधिकार आयोगका अनुसार आइतबारसम्ममा चार हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा पाँच दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत १०० भन्दा बढी मारिएका बताउनु भएको छ ।

उहाँले आन्दोलनमा संलग्न झण्डै  चार हजार जना घाइते भएका पनि जानकारी दिनुभयो । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । 

गत  मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

 गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गर्नुभएको थियो । 

सम्बन्धित समाचार

पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए

बग्दाद । इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार  प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ  प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।   शिया मुसलमानहरुको बलियो प्रभाव

इराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह

बग्दाद ।  इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले तीन दिनदेखि मुलुकभर जारी हिंसात्मक प्रदर्शन रोक्न प्रदर्शनकारीलाई शुक्रबार आग्रह गरेका छन् ।  बेरोजगारी, सरकारी भ्रष्टाचार र आधारभूत सेवाको अभाव रहेको भन्दै इराकका प्रमुख

इराकमा जारी हिंसामा मारिने व्यक्तिको सङ्ख्या २६ पुग्यो

बग्दाद । इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी

इराकमा हिंसामा ९ जनाको मृत्यु, बग्दादमा निषेधाज्ञा

बग्दाद । दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ । इराकी


z