• २०८१ बैशाख ५ बुधबार

‘स्वतन्त्र तिब्बत’ पक्षधरहरुमाथि कडा निगरानी

kharibot

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई दृष्टिगत गरी ‘स्वतन्त्र तिब्बत’ सम्बन्धित कुनैपनि गतिविधि गर्ने गराउनेप्रति सरकारले कडा निगरानी राखेको छ ।

यस सम्बन्धी कुनै पनि गतिविधिको सुइँको पाउनासाथ पक्राउ गर्न सरकारले प्रहरीलाई कडा निर्देशन दिएको छ ।

दलाई लामाका चेला र उनका पक्षधरहरुमाथि पनि कडा निगरानी गरिएको छ । सादा पोशाकमा परिचालित प्रहरीले स्वतन्त्र तिब्बत गतिविधि गर्न सक्ने क्षेत्रमा निगरानी गरिरहेको बुझिएको छ । 

यससम्बन्धि ब्यानर, झण्डा या खादा समेत देखिएमा जफत गरी सम्बन्धित व्यक्तिलाई पक्राउ गर्ने निर्देशन बमोजिम प्रहरी सक्रिय भएको छ ।

स्वतन्त्र तिब्बत गतिविधिको आशंकामा केही व्यक्ति पक्राउ परेका छन् । उनीहरुसँगको सोधपुछका क्रममा अन्य व्यक्तिले लगाएको पाइएको बुझिएको छ ।

नेपालले आफ्नो भूमि छिमेकविरुद्ध प्रयोग हुन नदिने नीति लिएबमोजिम स्वतन्त्र तिब्बत गतिविधिलाई निरुत्साहित गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै