महराले अस्पताल जान मानेनन् 

खरीबोट

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ ।

उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ ।

स्वास्थ्य समस्यालाई दृष्टिगत गरी परिवारले अस्पताल लान चाहेपनि महरा जान नचाहेको बुझिएको छ । उनले प्रहरी हिरासतको कोठामा रहने इच्छा देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ । महराले एकान्त रुचाएको बुझिएको छ ।

पहिलो पनि कम बोल्ने नेतामा पर्ने महरा हिरासतमा पनि मौन रहेको बुझिएको छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

१२ असोजको साँझ तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप लागेका महराविरुद्ध शाहीले किटानी जाहेरी दिएपछि प्रहरीले १९ असोजमा सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो ।
 

सम्बन्धित समाचार

महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा

बयान लिन महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको छ । यस अघि बयानका लागि अस्वीकार गर्दै आएका महराको बयान वकिल कार्यालयमा सुरु

महरा अझै तीन दिन हिरासतमै रहने

काठमाडौं । संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । यस अघि १०

महरालाई मंगलबार अदालत लगिने

काठमाडौँ । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको प्रहरीले


z