• २०८१ बैशाख ४ मंगलबार

महराले अस्पताल जान मानेनन् 

kharibot

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ ।

उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ ।

स्वास्थ्य समस्यालाई दृष्टिगत गरी परिवारले अस्पताल लान चाहेपनि महरा जान नचाहेको बुझिएको छ । उनले प्रहरी हिरासतको कोठामा रहने इच्छा देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ । महराले एकान्त रुचाएको बुझिएको छ ।

पहिलो पनि कम बोल्ने नेतामा पर्ने महरा हिरासतमा पनि मौन रहेको बुझिएको छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

१२ असोजको साँझ तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप लागेका महराविरुद्ध शाहीले किटानी जाहेरी दिएपछि प्रहरीले १९ असोजमा सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै