• २०८१ बैशाख ४ मंगलबार

बाँच्ने रहर छ मलाई बचाई देउ !

kharibot

बाराकी सुनिता महत्तो ।

बारा । मृत्यूसँग जुधिरहेकी बाराकी सुनिता महत्तोले उनको ज्यानको रक्षा गरिदिन आग्रह गरेकी छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बिसौलियाकी ४० वर्षिय महत्तोलाई ब्रेन ट्युमर भएर उनी मृत्यूसँग लडिरहेकी हुँन् ।

आर्थिक समस्याका कारण उपचार पाउँन नसकेकी उनलाई आर्थिक सह्योग गरेर ज्यानको रक्षा गरिदिन आग्रह गरेकी छन् । सामान्य चियाको पसल सञ्चालन गर्दै आएकी महत्तो बिगत तीन महिना देखि मृत्यूसँग लड्दै आईरहेकी छन् । एकल महिला महत्तोको मस्तिस्कको अपरेशन गर्नु पर्ने भएकोले दश लाख रुपैयाँको आवश्यक्ता परेको बिरामी सुनिता महत्तोले बताईन् ।

परिवारमा कमाउँने कोहि नभएको र १४ वर्षकी एक जना छोरी मात्रै रहेकोले जसो तसो गरी परिवारको गुजारा गर्दै आएकी सुनिता अहिले आँफै मृत्यूसँग लडिरहेकी हुँन् । घरमा कमाउँने कोहि नभए पछि उनकी छोरी सपना कुमारीले पनि पठन पाठन छोडेर आमालाई चिया पसलमा सघाउँदै आईरहेकी छन् ।  

बिगत तीन महिना देखि आमाको टाउको सामान्य रुप मैं दुख्ने गरेको र औषधी खाए पछि आराम हुँने गरेको सुनिताकी छोरी सपना कुमारीले बताईन् । तर , यही असोज एक गतेका दिन एक्कासी सहनैं नसक्ने गरी टाउकोको दुखाईबाट आमा छट्पटाउँन थालेको सपनाले बताईन् ।

दुखाईबाट छट्पटाई रहेकी आमालाई स्थानीयको सह्योगमा सपनाले स्थानीय तराई सिमरा हस्पिटलमा उपचार गराईन् । चिकित्सकको सल्लाह अनुसार आमाको टाउकोको बिरगंज स्थित न्यूरो अस्पतालमा सिटि स्क्यान गराउँदा रिपोर्टमा ब्रेन ट्युमर साबित भएको सपनाले बताईन् ।

कमाउँने कोहि नभए पछि  आर्थिक अभावका कारण महत्तो परिवार अहिले चिन्तित छ । थप उपचारका लागि काठमाण्डौं स्थित न्यूरो अस्पतालमा पु¥याईएकी बिरामी सुनिताको मस्तिस्कको अपरेशन गर्नु पर्ने त्याहाँका चिकित्सकहरुले बताएका छन् ।

दश लाख रुपैयाँको खाँचो भएकाले अझै बढी सह्योगी हाँतहरुको खाँचो रहेको बताउँदै स्थानीय युवा नेता श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने , जो कोही पनि बिरामी हुँन सक्ने भएकाले भालीको दिनका लागि आज हामीले सुतिनतालाई सह्योग गर्नु पर्ने बताए ।

त्यस्तै स्थानीय समाजसेवी राधा देबी साहले बिगत लामो समय देखि टाउको दुख्ने ब्याथाबाट ग्रसित महत्तोको मस्तिस्कको अपरेशनको लागि सुनिता बचाउ अभियानमा लागि परेका यहाँका सर्वसाधारणले ३२ हजार रुपैयाँ संकलन गरेर पिड्ति सुनितालाई हस्तान्त्रण गरिसकेको बताईन् ।

सुनिता बचाउ अभियान अन्तरर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ । देश विदेशमा रहँनु हुँने सह्योगी नेपालीहरुलाई सह्योगमा सहजताका लागि एस.बि.आई बैंकमा खाता खोलएिको हो ।

एस.बि.आई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सह्योग गरेर सुनिता बचाउ अभियानलाई सफल पार्नु पर्ने आवश्यक देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै