मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ– सभापति देउवा

खरीबोट

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् । 

विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले  धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने बताए । 

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा बताए । 

“मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक  पनि हो । विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ”, सन्देशमा उनले बताए । 

सभापति देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । 

संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपालले आफ्नो परिचय बनाएको,  एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने उनले बताए । 

सभापति देउवाले विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको प्रचण्ड र देउवासँग छलफल 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री

आलम प्रकरणमा देउवाले बोलि फेरे, विज्ञप्ति निकालेर दिए प्रष्टीकरण

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्यन्त्र भयो नभनेको स्पष्ट पारेका छन् ।  शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा

जनताका मन जित्ने काम गरेर देखाउनुहोस् : सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।  मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय

नेकपाको चियापानमा देउवाले भने – मिलेर अघि बढौ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्


z