• २०८१ बैशाख १३ बिहीबार

टी-२० सिरिजमा हङकङको लगातार तेस्रो हार, यस्तो भयो अंकतालिका

kharibot

काठमाडौँ । ओमानमा जारी पांच देशको टी-२० सिरिजमा आयरल्याण्डले हङकङलाई पराजित गरेको छ ।

सोमबार भएको दोसो खेलमा आयरल्याण्डले हङकङलाई ६६ रनले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २०९ रनको लक्ष्य पछाएको हङकङ २० ओभ्र्मा९ विकेट गुमाएर १४२ रनमा सिमित भएको थियो ।

हङकङका लागि हारुन अर्षदले ४५ रन बनाए भने एहसान खानले २८ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको थियो । आयरल्याण्डका लागि केभिन ओ ब्रायनले शतकीय पारी खेल्दै ६२ बलमा १२४ रन बनाएका थिए । त्यस्तै पाउल स्टिरलिंगले ३६ रन बनाएका थिए ।

यो जितपछि आयरल्याण्डले ३ खेलमा २ खेल जितेको छ भने हङकङ अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

घरेलु टोलि ओमानले अहिलेसम्म खेलेका दुवै खेल जितेर ४ अंक सहित शिर्ष स्थानमा छ भने आयरल्याण्डले पनि ४ अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाली टिमलेपनि उत्कृष्ट क्रिकेट खेल्दै आफ्ना शुरुवाती दुवै खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गर्दै ४ अंक बटुलेर रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत मंगलबार रेस्ट डे हो भने बुधबार पहिलो खेलमा नेपालले आयरल्याण्डको सामना गर्दै छ भने दोस्रो खेलमा ओमनाले हङकङसँग खेल्दै छ ।

त्यस्तै सिरिजको अन्तिम खेलमा नेपालले विहिबार ओमानसँग खेल्दै छ ।   
                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै